Spread the love

बुटवल, ७ जेठ ।
बुटवलको नेपालगन्ज रोडस्थित एक होटलमा ब्यापारीको रहस्यमय मृत्यु घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जनामाथि आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले खस्यौली खबरलाई बताए ।

पोखरा–१७ निवासी ३६ वर्षीय कृष्णहरि जिसी जेठ १ गते बिहान करिब २ बजे दियो ईन होटलको छतबाट खसेर मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच आर्थिक कारोबारको विषयलाई लिएर होटलमा विवाद भएको खुलेको छ । मृतकका छोराले बुबासंगै रहेका व्यक्तिहरूबाट मानसिक दबाब दिई आत्महत्या गर्न बाध्य पारेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएसंगै अनुसन्धान भएको हो ।

प्रहरीले तत्काल तीन जनालाई नियन्त्रणमा लिएको थियो भने फरार रहेका अर्का एक जनालाई पछि काठमाडौंबाट पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा निम प्रसाद पंगेनी, बासु ढकाल, रामकृष्ण थापा र कमला पुरी रहेका छन् । पक्राउ परेका चारै जनामाथि अदालतबाट म्याद थप गरी आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्