Spread the love

बुटवल, १ जेठ ।
बुटवल यातायात प्रा. लि. बुटवलको तेस्रो अधिबेसनबाट निर्वाचित अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, संचालक र रुट संयोजकहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच प्रमुख निर्वाचन अधिकृत अधिवक्ता अर्जुन कार्कीले नव निर्वाचित संचालक तथा रुट संयोजकहरुलाई पद तथा गोपनियताको सपथसंगै पदस्थापन गराए ।

अधिबेसनबाट संचालकमा रामबहादुर शाही, दिपक प्रसाद श्रेष्ठ, कबिन्द्रमान श्रेष्ठ, ज्ञानबहादुर सार्की, लाल प्रसाद शर्मा र रमेश खड्का निर्विरोध निर्वाचित भएका छन् । यस्तै रुट संयोजकतर्फ बुटवल–बर्दघाट बालकुमार यादव, बुटवल–नारायणगढ बिनोद सिंह ठकुरी, बुटवल–कृष्णनगर बिस्नु बहादुर खत्री, बुटवल–हरैया राजुकुमार लम्तरी, बुटवल–सालझन्डी लक्ष्मण परियार, बुटवल–पथ्थरकोट शिव पान्डे, बुटवल–तौलिहवा सिद्दिमान गिरि, बुटवल–४ नम्बर केशव नेपाली र लामो दुरिमा धन बहादुर भलामी निर्वाचित भएका छन् ।

पदस्थापन कार्यक्रममा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासघका लुम्बिनी प्रदेस संयोजक सन्जिव रोक्काले यातायात क्षेत्रमा ब्यवसायीहरुबाट भएको लगानीको उचित प्रतिफल प्राप्त हुने गरी आफुहरु काम गर्ने बताए । केही क्षेत्रमा अझै पनि अस्वस्थ प्रतिस्पर्धा, अनियमित भाडादर र प्रशासनिक कमजोरी रहेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि सरोकारवाला निकायसंग समन्वय गरि ब्यवसायीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बुटवल यातायात प्रालिका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले यातायातसम्बन्धी नीति तथा नियम बने पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा यातायात क्षेत्रको समस्या समाधान हुन नसकेको बताए ।

कार्यक्रममा प्रालिका निवर्तमान अध्यक्ष डिलबहादुर थापा, संचालक दिपक प्रसाद श्रेष्ठ, पत्रकार खिमानन्द भट्टराईलगायतले यातायात क्षेत्रले ब्यवसायीको हित सङ्गै यात्रु मैत्री सेवा संचालन गर्नुपर्ने सुझाव दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्