Spread the love

भैरहवा, जेठ १ ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिग अन्तर्गत ‘ए’ डिभिजनमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लब विजयी भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा शुक्रबार भएको खेलमा मेलवर्नले नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि कृष्ण भुसालले ३६, विकल अधिकारीले २० रन बनाए । मेलवर्नका रमेश कुर्मीले ३, आरिफ अहमदले २ तथा दीपेश श्रेष्ठले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्नले ३२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो । उसको जितमा असमान थारुले ३४, विपिन आचार्यले अविजित ३३, आदित्य यादव र दीपेश श्रेष्ठले १८–१८, अशोक धामीले १६ र आनन्द गौडले नटआउट १४ रनको योगदान गरे । नेपथ्य तिलोत्तमाका कृष्ण भुसालले ३ विकेट लिए । खेलमा रमेश कुर्मी प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्