बुटवल, ११ वैशाख ।
जिल्ला खेलकुद विकास समिति रुपन्देहीको अध्यक्ष पदमा मनोनित अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक कोशिस बहादुर खड्काको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित एक समारोहका बीच कार्यालयका सचिव चन्द्रकान्त आचार्य, प्रशिक्षक तथा खेलाडीहरूको उपस्थितिमा खड्काको औपचारिक पदस्थापन गरिएको हो ।
कार्यक्रममा जिल्ला खेलकुदको विकास र विस्तारका लागि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले खेल क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने निर्णय समेत गरिएको जानकारी दिए । प्रदेश खेलकुद मन्त्रालय र प्रदेश खेलकुद परिषद लुम्बिनीबाट प्राप्त गरेको जिम्मेवारीमा खरो उत्रने प्रतिवद्धता जनाए । ‘महात्मा बुद्ध खेलकुद पुरस्कार प्रदान गर्ने पहिलो निर्णयका गरेका छौ ।’–उनले भने ।
बिसं. २०५२–२०५६ सालसम्म जिल्लामा कार्यरत रहेको स्मरण गर्दै संस्थागत विकासमा जोड दिने उनले प्रतिवद्धता जनाए । खेलकुद क्षेत्रमा योगदान दिएका खेलाडी, प्रशिक्षक, डोजाङ, विद्यालय, पत्रकार र संचार संस्थालाई समेत सम्मान गर्ने निर्णय गरेको उनले बताए । पदमा रहदासम्म सहकार्य, पारदर्शिता र निरन्तरतालाई मुलमन्त्र बनाएर अघि बढ्ने उनले प्रतिवद्घाता जनाए । खेलाडीलाई आर्थिक रुपमा सबल बनाउन सकेमात्र खेल विकास हुने भन्दै यसमा ध्यान दिने बताए ।





















