दाङ,११ वैशाख ।दाङको घोराहीमा वैशाख १२ गते हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० कि.मि. रोड रेस प्रतियोगिता–२०८३’को सम्पूर्ण तयारी पुरा भएको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगिता खेलकुदको विकास, विस्तार र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । प्रतियोगितामा प्रथम हुनेले ८० हजार रुपैयाँ, द्वितीयले ४५ हजार र तृतीयले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यसैगरी चौथोले १५ हजार, पाँचौंले १० हजार र छैटौंदेखि दशौं स्थानसम्मका खेलाडीले जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता बिहान साढे ६ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















