Spread the love

बुटवल, १७ चैत्र ।
रुपन्देहीमा जारी चौथो मेयर कप तथा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता–२०८२ को दोस्रो दिन विभिन्न विधाका २३ खेलहरु सम्पन्न भएका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा बुटवल देविनगरस्थित टेनिस कोर्टमा भएको पुरुष एकलमा अभिनव आचार्यले निश्चल कायस्थलाई ६/१, ६/१, दावा शेर्पाले अभियान कश्यपलाई ६/०, ६/१, सक्षम बिक्रम शाहले सन्दिप बिकलाई ६/०, ६/०, राजवीर प्रधानले विवेक मगरलाई ६/०, ६/० तथा निशान श्रेष्ठले दावा एस शेर्पालाई ६/२, ६/३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि पुरुष डबल्समा प्रणव के र आयुष्मान गुरुङको जोडीले सश्वान्त बि र दर्शिल एसको जोडीलाई ६/२, ६/१ तथा प्रणव एम र नेहाल जेटि को जोडीले राजबिर पि र अभिनव ए को जोडीलाई ६/२, ६/० को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । एकलमा ५५ वर्ष माथि चन्द्र शाहीले मनोज राणालाई ६/१, ६/०, देगेन्द्र श्रेष्ठ विजेताले शक्ति जे बस्नेतलाई ६/०, ६/३, उत्तम बोगटीले पदम गुरुङलाई ६/२, ६/० को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि ४५ वर्ष माथितर्फ कमल भण्डारीले पुकार बस्नेतलाई ६/१, ६/१, रोहित सुनुवारले मनोज ढुगानालाई ६/०, ६/१ को सेटमा पराजित गरेका छन ।

यसैगरि ३५ वर्ष माथिमा दावा एस. शेर्पाले विष्णु डिओलाई ६/०, ६/०, नवीन श्रेष्ठले मदन थापालाई ६/३, ७/५, रोशन पन्तले जितेन्द्र मल्ललाई ४/६, ६/२, १०/३, अनिल साईले सुरज पौडेललाई ६/१, ६/०, बिकाश खड्काले विश्वास श्रेष्ठलाई ६/१, ६/० तथा संजय पी. श्रेष्ठले सोभित गौचनलाई ६/३, ६/२ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि ५५ प्लस पुरुष डबल्समा धर्म लामगादे र मनु टि को जोडीले शक्ति बस्नेत र प्रभु पि को जोडीलाई ६/०, ६/१ को सेटमा पराजित गरेका छन ।

यसैगरि ३५ प्लस पुरुष डबल्समा बिकाश के र सन्जय श्रेष्ठको जोडीले सुरज पि र विश्वास एसको जोडीलाई ६/१, ६/१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि ४५ प्लस पुरुष डबल्समा मनु टी.र पदम जी. को जोडीले पुकार बि र अर्जुन गुरुङको जोडीलाई ७/६, ५/७, १०/५ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्