बुटवल,१५ फागुन । नेपाली कांग्रेस नयाँ सोच र प्रतिबद्धताका साथ अघि बढेको कांग्रेस सभापति गगनकुमार थापाले बताएका छन् । सभापति थापाले बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसले मात्रै देशलाई सम्हाल्न सक्ने दाबी गरेका छन् ।
कांग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण नरहेको बताउदै अबको पाँच वर्षको समय खेर नफाल्न आग्रह गरेका छन् । कांग्रेसलाई देशको नेतृत्वमा पु¥याउन पार्टीका सबै नेता तथा कार्यकर्ता सक्रिय रूपमा जनतामाझ जानुपर्ने कुरामा जोड दिएका छन् ।
सभापति थापाले अगाडि भने–‘किसानका खेतमा मल पर्याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको हुँ । सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस् घर–घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नुहोस् ।
पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गर्दै सभापति थापाले भने–‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ – निर्वाचन आउन अब केही दिनमात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घरमा जानुस् । तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।’





















