बुटवल । विश्व पोलियो दिवसको अवसरमा शनिबार बुटवलमा पोलियोविरुद्ध जनचेतनामूलक ¥याली निकालिएको छ । विश्वबाट नै पोलियो निर्मूल पार्ने अभियान चलाएको रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रिजन ५ अन्तर्गतको रोटरी पोलियो प्लस उपसमितिको आयोजनामा बुटवलमा पोलियोविरुद्ध जनचेतनामूलक ¥याली निकालिएको हो ।
रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालबाट सुरु भएको ¥याली राजमार्ग चौराह, मिलनचोक हुदै ट्राफिक चोकमा पुगेर समापन गरिएको थियो । ‘पोलियो अन्त्य गरौँ, पोलियोमुक्त विश्व निर्माणमा एकजुट बनौँ’ भन्ने सन्देशसहित आयोजित कार्यक्रमको प्रतिनिधी सभा सदस्य ज्ञानु पौडेलले उद्घाटन गर्दै शिक्षा, स्वास्थ्य लगायत महत्वपूर्ण कार्यमा रोटरीको भुमिकाबारे प्रकाश पारिन । ¥यालीमार्फत पोलियो रोग उन्मूलन, बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउनुपर्ने आवश्यकता र पोलियोमुक्त विश्व निर्माणको सन्देश प्रवाह गरिएको थियो ।
कार्यक्रममा रोटरी रिजन ५ का पोलियो प्लस उपसमिति अध्यक्ष रोटरियन बालकृष्ण पाण्डे र रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका पोलियो प्लस उपसमिति सहअध्यक्ष रोटरियन जितेन्द्रनाथ शर्माले यस क्षेत्रका करीब डेढ दर्जन रोटरीको सहकार्यमा कार्यक्रम गरिएको बताए ।
अझै पनि पोलियो सचेतना आवश्यक किन ? पूर्व डिस्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजुको यस्तो छ तर्क ।
रोेटरीले १९७९ बाट फिलिपिन्सबाट पोलियोे थोपा खुवाउन शुरु गरेको हो । जतिखेर ६० हजार बालबालिकाहरुलाई पोलियो थोपा खुवाईएको थियो । रोटरी ईन्टरनेश्नलले रोटरी प्लस भन्ने अभियान १९८८ बाट शुरु गरेको हो । यो निरन्तर चलिरहेको छ । संसारमा पोलियो अझ पनि बाकी छ । अफगानिस्तान र पाकिस्तानमा अझै पनि देखिएको छ । सचेतना कार्यक्रम निरन्तर जरुरी छ ।
रोटरी ईन्टरनेश्नलले पोलियो अभियानमा २९० अरब डलर खर्च गरेको छ । अझ डब्लुएचओ, युनिसेफ, विल एण्ड मिलेण्डा गेट्स फाउण्डेसन लगायतको सहकार्यमा करीब ११ सय अरब डलर खर्च गरेको छ । नेपालमा पनि तीन तहकै सरकारको समन्वयमा पोलियो सचेतना र पोलियोे थोपा खुवाउने काममा अग्रसरता रहेको छ । रोटरीको सिग्लेचर प्रोजेक्टका रुपमा यो रहेको छ । विश्वमा ३०० अरब बालबालिकाहरुलाई रोटरीले पोलियो थोपा खुवाईएको छ । ०२५/२७ सम्म रोटरी ईन्टरनेश्नलले ४ सय मिलियन डलर खर्च गर्ने प्रतिवद्धता जनाएअनुसार काम गरिरहेको छ ।






















