Spread the love

बुटवल । रुपन्देहीको बुटवलस्थित नयाँ बसपार्कबाट ३६ किलो चरेशजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–९ घर भई हाल बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्दै आएका ५३ वर्षीय लुकबहादुर रखाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्कमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई असोज २६ गते नियन्त्रणमा लिएको हो । पक्राउ परेका रखाललाई बरामद पदार्थसहित रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो ।

अदालतले असोज २७ गते लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले खस्यौलीखबरलाई बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्