Spread the love

पोखरा, २३ असोज ।

पोखरा महानगरपालिका २८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा चारजना विद्यार्थी र एक सर्वसाधारणको ज्यान गएको हो ।

विद्यार्थी बोकेर सौर्य माझठाना हुँदै कालिकास्थित स्कुलतर्फ जाँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको स्थानीयले बताएका छन् । घाइतेहरुलाई उपचारका लागि खरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्