Spread the love

बुटवल, १९ असोज । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि युवा खेलाडी छनौट गर्ने उद्देश्यले लुम्बिनी लायन्सद्वारा आयोजना गरिएको रेड पल्टन च्याम्पियनसिप–२०२६ को उपाधि दाङ र रुपन्देहीलाई संयुक्त रुपमा गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सोमबारको फाइनल खेल वर्षाका कारण स्थगित भएपनि दुबै टिमलाई संयुक्त घोषणा गर्ने निर्णय भएको हो ।

गत सिजनको विजेता लुम्बिनी लायन्सले टयालेन्ट हन्टका रुपमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट खेलाडीहरु छनौट गरि ८ टोलीको बिचमा प्रतियोगिता गराएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने न्यूनतम ३ जना खेलाडी लुम्बिनी लायन्सबाट खेल्ने अवसर समेत पाउने आयोजकको दाबी छ । प्रतियोगितामा दाङका करण जिएम प्लेयर अफ दी टुर्नामेन्टबाट पुरस्कृत भए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्