Spread the love

नवलपरासी,१७ असोज ।

नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको र बाँकी पाँचजनाको नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । घाईतेहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्