Spread the love

पाल्पा,११ असोज ।

पाल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा गएराति पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरोले घर पुरिँदा घाइते भएका चिदीको उद्धार गरी उपचारका लागि स्वास्थ्यचौकी पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको वडाध्यक्ष वोमबहादुर ठाडामगरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईका अनुसार वडा नं. ६ का ठिमुरेमा पहिरोले घर पुरिँदा बेपत्ता भएकी सारुको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्