बुटवल, १० असोज ।
बुटवल उपमहानगरपालिका–११, देविनगरस्थित सञ्जीवनी टोल विकास संस्थाको १३औँ/१४औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देविका मास्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्ष इन्द्रबहादुर थापा, सचिव अनिल ठाकुर, सहसचिव संगिता गहतराज र कोषाध्यक्ष रामप्रसाद पौडेल तथा सदस्यहरूमा गणेश पोख्रेल, कर्णबहादुर थापा, यमकुमारी भुषाल, विन्देश्वरी गहतराज, कल्पना हिताङ, विमला सुनाखरी, मिना परियार र सुनिता बोगटी सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै लेखा समितिको संयोजकमा छविलाल चापागाईं र सदस्यमा सुनिता पन्थ (जिसी) चयन भएको निर्वाचन मण्डलमा नरेन्द्र शर्माले बताए । निर्वाचन समितिमा रेवन्त विश्वकर्मासहित सहजकर्ताका रूपमा गणेश थापा, क्या. देवबहादुर थापा र जमुना केसी रहेका थिए ।




















