काठमाडौं,१० असोज ।
प्रधानमन्त्री बालेन्द्र शाह केहीबेर अघिमात्रै संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन् । उनलाई स्वागत गर्न विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल पुगेका थिए ।
गत असोज ६ गते प्रधानमन्त्री शाह कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका थिए । ८ गते महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।




















