Spread the love

काठमाडौँ । पिएसजीले लगातार दोस्रो पटक युरोपेली सुपर कपको उपाधि जितेको छ । साल्जबर्गमा भएको रोमाञ्चक खेलमा पिएसजीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

पिएसजीका लागि ख्विचा क्वारात्स्खेलियाले खेलको २०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिनुअघि नै एस्टन भिल्लाले बराबरी गोल फर्कायो । १७ वर्षीय ब्रायन माड्जोले ४५औँ मिनेटमा जोन म्याकगिनको क्रसमा उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए ।

माड्जो सुपर कपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीसमेत बनेका छन् । उनले पिएसजीविरुद्धको खेलबाटै प्रतियोगितामा पहिलोपटक खेल्ने अवसर पाएका थिए ।

दोस्रो हाफमा पिएसजीले दबाब बढायो । खेलको ६२औँ मिनेटमा डेजिरे डुएले गोल गर्दै पिएसजीलाई फेरि अग्रता दिलाए । सुरुमा अफसाइडको आशंका गरिए पनि भिडियो सहायक रेफ्रीको जाँचपछि गोललाई मान्यता दिइएको थियो ।
त्यसपछि एस्टन भिल्लाले बराबरीका लागि लगातार प्रयास गरे पनि पिएसजीका गोलरक्षक मातवे साफोनोभले केही महत्वपूर्ण बचाउ गरेका थिए ।

पिएसजीले गत वर्ष टोटनहमलाई पेनाल्टीमा पराजित गर्दै पहिलोपटक सुपर कपको उपाधि जितेको थियो । यसपटक एस्टन भिल्लालाई हराउँदै उसले लगातार दोस्रो उपाधि हात पारेको हो ।

यस खेलमा सोमालियाका उमर आर्तनले पनि इतिहास बनाए । उनी सुपर कपको फाइनल खेलाउने पहिलो गैरयुरोपेली रेफ्री बने । यसअघि उनलाई यसै वर्षको विश्वकपका लागि अमेरिका प्रवेश गर्न अनुमति दिइएको थिएन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्