Spread the love

मणिग्राम, २७ साउन ।

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा विद्यार्थी गुणस्तर समूहको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघले तय गरेको अन्तर्राष्ट्रिय युवा दिवसको मूल सन्देश ‘भिन्न परिवेश, साझा आकांक्षा’ मा आधारित कार्यक्रमका क्रममा नेपाली युवाशक्तिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावबारे छलफल गरिएको थियो ।

कार्यक्रमकी स्रोतव्यक्ति, प्राज्ञिक व्यक्तित्व तथा युवा उद्यमी, मणिग्राम विश्राम बाटिकाका प्रबन्ध निर्देशक प्रणदा आचार्य दीक्षितले नेपाली युवाको क्षमता, सम्भावना र अन्तर्राष्ट्रिय प्रभावबारे प्रकाश पारिन । युरोपमा अध्ययन गरे पनि नेपालमै रहेर नेपाली संस्कृतिमा आधारित आतिथ्य सत्कार तथा पर्यटन विकासका क्षेत्रमा काम गरिरहेको उनले बताईन ।

कार्यक्रममा विद्यार्थी गुणस्तर समूहकी अध्यक्ष सृजना काफ्ले, विद्यार्थी चन्दा थापा, अनिषा न्यौपाने तथा प्राध्यापक डा. अशोक भण्डारी, सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, मुक्तिनाथ गैह्रेले युवाको अवसर, चुनौती र सम्भावनासम्बन्धी जिज्ञासा राखेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले मानिस जुनसुकै वर्गमा जन्मिए पनि जीवनको सफलता र प्रभाव उसको परिश्रममा निर्भर रहने बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्