Spread the love

बुटवल ।
रुपन्देहीमा सम्पन्न छैठौं फार्मा कप फुटसल प्रतियोगिताको उपाधि दि ग्रेट मेट्सले चुमेको छ । दि फार्मा टिम, बुटवलको आयोजनामा तिलोत्तमा–२, रुपन्देही स्थित मोनालिसा फुटसलमा भएको फाईनलमा दि ग्रेट मेटसले नेपाल मेडिकल सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (एनएमएसआर) दाङ ३–० गोल अन्तरले पराजित गरेको हो ।

स्वास्थ्य पेशामा आवद्ध युवाहरु बीच खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ भएको प्रतियोगिताको विजेता मेट्सले नगद ४० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता एनएमएसआर भने नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । यसैगरि व्यक्तिगत विधातर्फ सर्वश्रेष्ठ खेलाडी दि गेट मेट्सका अभिषेक रोका, उत्कृष्ट गोलरक्षक पनि दि ग्रेट मेट्सका सञ्जय गौरो तथा सर्वश्रेष्ठ खेलाडी भने एनएमएसआर दाङका रुपेश राजवंशीले हात पारे ।

एक समारोहका बिच विजेता तथा उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई वरिष्ठ न्युरोसर्जन डा. केआई सिंह केसी, बालरोग विशेषज्ञ डा.सन्तोष पोखरेल, खेल संयोजक प्रितम श्रेष्ठ, सह–खेल संयोजक ज्ञान बहादुर बाह्रघरे, व्यवस्थापक प्रकाश न्यौपानेले पुरस्कृत वितरण गरे । प्रतियोगितामा रुपन्देही, कास्की, चितवन र दाङका गरी कुल १६ टोलीहरु सहभागि रहेको खेल संयोजक प्रितम श्रेष्ठले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्