Spread the love

कपिलबस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले झन्डै २३ लाख रुपैयाँ मूल्यका यौन खेलौना (सेक्स टोय) तथा चार्जर बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्क नजिकबाट २२ लाख ९३ हजार १०० रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका यौन खेलौना तथा चार्जर बुधबार बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको टोलीले ती सामग्री बेवारिसे अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार बरामद सामग्रीमध्ये महिलाका लागि प्रयोग हुने सात लाख १२ हजार रुपैयाँ मूल्यका ३६५ थान भाइब्रेटर रहेका छन् । त्यस्तै, पुरुषका लागि प्रयोग हुने एक लाख ४४ हजार ५०० रुपैयाँ मूल्यका ९९ थान यौन खेलौना बरामद गरिएको छ ।

यसैगरी, महिलाका लागि प्रयोग हुने १२ लाख २८ हजार रुपैयाँ मूल्य बराबरका ३२९ थान अन्य यौन खेलौना र दुई लाख आठ हजार ६०० रुपैयाँ मूल्यका एक हजार ४७६ थान चार्जर बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्