काठमाडौं, १५ कात्तिक ।
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा उच्च दरले सुनको मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५० रुपैयाँमा झरेको छ ।




















