Spread the love

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा भएको एक घटनाको अनुसन्धान प्रभावित पार्ने गरी समाचार प्रसारण गरेको आरोपमा सञ्चारकर्मी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले ‘कोशी आवाज’ नामक अनलाइन मिडियामार्फत फेसबुकमा आफूलाई सञ्चारकर्मी बताउने चन्दन कुमार पासवानले घटनाका पिडित पक्षको वास्तविक परिचय खुल्ने गरी भिडियो समाचार प्रसारण गरेका थिए ।

प्रहरीका अनुसार पीडित पक्षको उजुरीका आधारमा अनुसन्धान प्रभावित हुने तथा पीडितको गोपनीयता उल्लङ्घन भएको भन्दै चन्दन कुमार पासवानलाई श्रावण १३ गते पक्राउ गरिएको हो । उनीविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीबाट आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले उल्लेख गरेको छ ।

यौन हिंसा तथा बालबालिकासँग सम्बन्धित घटनाको समाचार सम्प्रेषण गर्दा पीडितको परिचय खुल्ने सामग्री प्रकाशन वा प्रसारण नगर्न तथा प्रचलित कानुन र पत्रकारिताको आचारसंहिताको पालना गर्न सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई प्रहरीले आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्