Spread the love

सुर्खेत । सामाजिक संजालमा ‘पाथीभरा माता’ भनेर चिनिने समीर थापा पक्राउ परेका छन । सामाजिक सञ्जालमार्फत धार्मिक आस्थामा असर पुग्ने तथा समाजमा भ्रम सिर्जना हुने प्रकृतिका भिडियो तथा तस्बिर सार्वजनिक गरेको आरोपमा सुर्खेत प्रहरीले उनलाई पक्राउ गरेको हो । समिर थापालाई बुधबार राति करिब ८ः३० बजे खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएको हो ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सार्वजनिक स्थलमा एक महिलामाथि अभद्र व्यवहार र हिंसा गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई पक्राउ गरेको जनाएको छ । भिडिओमा थापाले एक महिलालाई कपालमा समातेर घिसार्दै, गालामा थप्पड हान्दै र अपशब्द प्रयोग गर्दै कुटपिट गरेको देखिन्छ । उनले ती महिलालाई ‘बोक्सी’ भन्दै आफ्नो खुट्टा ढोग्न लगाएका थिए ।

उनले महिलाको सार्वजनिक रूपमै बेइज्जत गरेको देखिन्छ । थापाले आफूलाई दैवी शक्ति प्राप्त ‘माता’ भएको दाबी गर्दै आएका छन् । सामाजिक सद्भावमा नकारात्मक असर पर्ने, धार्मिक आस्थाप्रतिको विश्वासमा प्रभाव पार्ने तथा अनावश्यक रूपमा विवाद सिर्जना हुन सक्ने सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्