Spread the love

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका करिब २ लाख ७४ हजार रुपैयाँ मूल्यका विभिन्न सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आइतबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा कुल २ लाख ७४ हजार १४३ रुपैयाँ मूल्यका सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ स्थित बसपार्क नजिकैबाट थप १ लाख ९७ हजार १४३ रुपैयाँ मूल्यका १७७ थान मोइस्चराइजर, १७९ थान फेसवास, ३० थान फेस टोनर र वाइवाइ चाउचाउका ६ कार्टुन बरामद गरिएको छ । सिद्धार्थनगर नगरपालिका–१ स्थित बसपार्क नजिकबाट १० हजार रुपैयाँ मूल्य बराबरको १२ किलो तेजपत्ता र ४० किलो अदुवा बरामद गरिएको छ । सोही वडाको पिपलबोटबाट १७ हजार रुपैयाँ मूल्यका विभिन्न किराना सामान तथा मेसिनरी पार्टपुर्जा बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, रोहिणी गाउँपालिका–३ कदमहवाबाट लु.१४ प १२७३ नम्बरको मोटरसाइकलसहित २४ वटा ब्रोइलर कुखुरा बरामद गरिएको छ । उक्त सामानको अनुमानित मूल्य ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्