Spread the love

बुटवल, १२ साउन ।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमणको बिरोधस्वरुप नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।

संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमण तथा अस्पतालमा तोडफोडका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुव्र्यवहारका दोषीहरूलाई कारवाहीको माग गर्दै साकेतिक स्वरुप आन्दोन थालेको जनाएको छ । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न माग सहित वार्ताको क्रममा चिकित्सकहरूको मानमर्दन र दुव्र्यवहार गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत तत्काल कारबाही गर्न संघले राज्यसँग माग गरेको छ । संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस आन्दोलनबाट बिरामीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार स्वयंले लिनुपर्ने स्पष्ट पारिएको छ ।

यता केन्द्रिय कार्यक्रमलाई साथ दिदै नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले समेत राज्यको दमनकारी व्यवहारको विरोध स्वरूप अस्पतालमा सांकेतिक रूपमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ । संघका अध्यक्ष डा कृष्ण खरेलले खस्यौलीखबरलाई चिकित्सकहरूको मानमर्दन र दुव्र्यवहार गर्ने कार्यमा संलग्नलाई कारवाही नगरेसम्म आन्दोलन नरोकीले बताए । केन्द्रको आन्दोलनका थप कार्यक्रमहरू आज नै घोषणा भएअनुसार आफुहरु आन्दोलमा उत्रने समेत उनले बताए ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्