काठमाडौं,१६ कार्तिक ।
२५ औं आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आज इलामबाट काठमाडौं ल्याइएको छ । इलामबाट हेलिकोप्टरमा ल्याएर केसीलाई टिचिङ अस्पताल भर्ना गरी आवश्यक उपचार सुरू गरिएको छ ।
अनशनको चौथो दिनमा आइपुग्दा उनको रगतमा ग्लुकोजको मात्रा निकै कम र पिसाबमा एसिटोनको मात्रा बढेपछि चिकित्सकले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन् । केसीले विभिन्न माग राखि बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन शुरु गरेका थिए ।



















