Spread the love

झापा । झापामा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको दुई बोरा पटका प्रहरीले बरामद गरेको छ । झापा गाउँपालिका–२ कुवाडीस्थित क्षेत्रबाट बुधबार बिहान करिब ४ः३५ बजे पटका बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी हवल्दारको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीलाई देखेपछि सामान बोकेका व्यक्ति बोरा छाडेर फरार भएका थिए ।

प्रहरी टोलीले छाडिएका दुईवटा बोरा खोली जाँच गर्दा विभिन्न किसिमका पटका फेला पारेको जनाएको छ । बरामद पटका अन्दाजी एक लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ ।

">
Bajaj Grand Exchange Mela