Spread the love

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मंगलबार दिउँसो निधन भएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताए । केही समयअघि अस्पतालले मृत्यु भएको घोषणा गरेको पौडेलले जानकारी दिए । लामो समयदेखि बिरामी रहेका श्रेष्ठको उपचार चलिरहेको थियो।

मंगलबार ललितपुरको हेलियस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय राखिने भएको छ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । ८३ वर्षीय श्रेष्ठ पूर्वमन्त्री पनि हुन्। उपप्रधानमन्त्रीसमेत बनेका उनी शिक्षा, वन तथा भूसंरक्षण, उद्योग र भौतिक योजना तथा निर्माणमन्त्री पनि बनेका थिए ।

२०१७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी २०३६ सालको जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन र २०६२–६३ सालको दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी भएका थिए । अर्थशास्त्रमा स्नातक गरेका श्रेष्ठ राजनीतिमा सक्रिय बनेपछि सामाजिक कार्यक्रममा पनि संलग्न हुँदै आएका थिए ।

उनी नेपाल रेडक्रसलगायतका सामाजिक संस्थामा आवद्ध थिए । केही दिनअघि मात्रै उनलाई कांग्रेसले वरिष्ठ नेता बनाएको थियो । उनी कांग्रेसका उपसभापति पनि भएका थिए । श्रेष्ठका तीन छोरा र ६ छोरी छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्