बुटवल, ११ साउन ।
खेलमार्फत भाईचारा विकास गर्ने गरि रुपन्देहीका ८ वटा रोटयाक्ट क्लबहरु बिचमा मैत्रीपूर्ण ईन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । रोटयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, सेन्ट्रल रुपन्देही, लुम्बिनी स्टार्स, बुटवल साउथ, बुटवल डाउनटाउन तथा तिनाउ सिटीको संयुक्त आयोजनामा भएको मैत्रीपूर्ण इन्डोर क्रिकेट प्रतियोगिताको फाईनलमा रोटयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीलाई पराजित गर्दै रोटयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देही ‘बी’ ले उपाधि चुमेको छ ।
विजेता तथा उपविजेता टोलीलाई पूर्व डिआरआर विक्रम क्षेत्री, रोटयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष श्रीधर केसी र लुम्बिनी स्टार्सका अध्यक्ष अधिश ढकाल, गौरव पाण्डे, सीए मोहन खत्रीले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । रोटयाक्ट परिवारबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै नेतृत्व विकास र आपसी सहकार्यलाई थप मजबुत बनाउन कार्यक्रम महत्वपूर्ण भएको अध्यक्ष श्रीधर केसीले बताए ।



















