Spread the love

विराटनगर, ११ साउन ।
मोरङ प्रहरीले एक नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । रंगोलीका अटो चालक मोहम्मद अरमान र क्याफे संचालकको मिलोमतोमा नाबालिकमाथि पटकपटक जबर्जस्ती करणी भएको घटना बाहिर आएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न रहेको आरोपमा रंगेली नगरपालिका–३ का १८ वर्षिय मोहम्मद अरमान, सुनवर्षी नगरपालिका–९ का २१ वर्षिय सुमनकुमार साह, रंगेली नगरपालिका–७ का २० वर्षिय करण मण्डल, वर्ष १८ का प्रियान्सु साह र रंगेली नगरपालिका–६ का १८ वर्षिय रितिक यादवलाई सार्वजनिक गरेको हो । पक्राउ परेका पाँच जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

प्रहरीका अनुसार साउन २ गते बिहान करिब १० बजे सुनवर्षी नगरपालिका–५ की एक नाबालिकालाई सिटी चालक मोहम्मद अरमानले रंगेली नगरपालिका–७ स्थित ‘युमी क्याफे’मा लगी विभिन्न प्रलोभन देखाएर जबर्जस्ती करणी गरेका थिए । त्यसपछि सोही क्याफेका सञ्चालक सुमनकुमार साहले समेत जबर्जस्ती करणी गरेको आरोप छ । यति मात्र नभई, साउन ४ गते राति करिब ११ बजे पीडितलाई पुनः युवाहरुले सामूहिक रूपमा जबर्जस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन ११ गते पाँचै जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका पाँचै जनाविरुद्ध जबर्जस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्