Spread the love

बुटवल, ११ साउन ।
सुस्ताका अफताब हुसैनलाई बाल्यकालमा जोखिमपूर्ण नारायणी नदी तरेको स्मरण ताजै छ । सदरमुकाम बजारमा आउनुपर्दा जोखिम मोलेरै डुङामा तर्नु बाध्यता रहेको उनि बताउछन । उनै अफताब अहिले सुस्तामा ईन्जिन जडित फेरी संचालक गर्छन । फलामबाट तयार भएको फेरी उनि आफै चलाउछन । नदीमा पानीको बेग अनुसार खुट्टाले एक्सलेटर दबाउदै हातले स्टेरिङ मोडेर उनि फेरी कुदाउछन । फेरी निमार्ण गर्नेदेखी चलाउने सीपसम्म उनमा राम्रो ज्ञान छ ।

सुस्ताबासीको कृषि उत्पादन शहरसम्म लग्ने र शहरबाट सुस्तामा खाद्यान्न तथा अन्य सामग्री ल्याउन उनको फेरी उपयोग हुन्छ । विगतको सुस्ताको पिडालाई सम्झेर नै १० लाख रुपैया लगानीमा बलियो फेरी बनाएको उनि बताउछन । फेरीले सुस्ताको जिवनस्तरलाई सहज बनाएको छ । ‘पहिले काठमा चल्ने फेरी थियो ।’– हुसैनले भने । यो वर्षदिनमा मर्मत गर्नुपर्ने र चाडै खराब हुने समस्या भएपछि अहिले नया ईन्जिन जडित नै फलामको फेरी बनाईएको उनले बताए । ट्याक्टरको ईन्जिन जडित र फलामको बडीबाट यो तयार भएको छ ।

वर्षौदेखी सीमा सुरक्षा गर्दै आएको सुस्ताबासीहरुको मागपछि सदरमुकाम जोड्ने झोलुङे पुल बन्यो । पुल निर्माणसँगै सुस्ताबासीलाई आफ्नै वडा कार्यालयमा भारतको बाटो भएर जानुपर्ने बाध्यता हट्यो । नारायणी नदिमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माणले जोखिमपूर्ण डुगाको यात्रा अन्त्य गरेको छ । झोलुङे पुलमा दुई पाग्रे सवारी साधन हिड्न मिल्छ । तर ठूलो परिमाणमा सामग्रीहरु ढुवानीलाई भने समस्या उस्तैछ । ढुवानीका लागि फेरीकै भर छ । टापूको रुपमा रहेको सुस्ताबासीलाई अझै पनि फेरीको भरमा रहनुपर्ने बाध्यता छ ।

फेरीमा गरेको लगानी उठ्ने कुनै निश्चितता नभएपनि गाउलाई शहरसंग जोड्दै समाजसेवाका रुपमा काम गर्न पाउदा उनि खुशी छन । सुस्तामा निमार्ण सामग्रीहरु सिमेन्ट, बालुवा, फलामे रडहरु लग्न फेरीले धेरै सजिलो भएको छ । मालबाहक टयाक्टर नदी पार गरेवापत १ हजार रुपैया भाडा पर्छ । मानिसहरुको भने ३० रुपैया भाडा लाग्छ । पुल बनेपछि मानिसहरु फेरीको कम प्रयोग गर्छन । एक पटक सुस्ता पुगेर फर्कदा १० लिटर तेल खर्च हुन्छ ।

हनुमान मन्दिरको घाटबाट सुस्ता पुग्न १५ मिनेट र फर्कदा भने आधा घण्टा समय लाग्छ । अहिले गाउमा पाच वटा फेरीहरु छन । भदौ देखी ३ महिनासम्म फेरी चल्ने सिजन हो । जुनबेला सबैभन्दा बढी काम हुन्छ । वर्षातमा समेत नदीको बहाव बढे पनि आवश्यक सावधानी अपनाउँदै फेरी सञ्चालन हुदा स्थानीयले दैनिक आवतजावत, खाद्यान्न ढुवानी तथा अत्यावश्यक सेवामा सहजता पाएका छन् । नारायणी नदिमा पुल बनेसंगै सुस्तापारी करिव ३५० घरधुरीमा विजुली समेत पुगेको छ ।

भिडियो रिर्पोेट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्