Spread the love

सर्लाही, १० साउन ।
सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित एक कुखुरा फार्मबाट प्रहरीले ३३० किलोग्राम गाँजा बरामद गरेको छ । साथै घटना संलग्न फर्मका २८ वर्षीय अमरजित राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डुमरियाका भोला सिंहको कुखुरा फार्ममा शनिबार दिउँसो बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअपबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।

प्रहरीले फार्मभित्र १९ वटा पोकामा लुकाइ राखिएको ३३० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ । साथै, घटनास्थलबाट २६ वटा बोरामा राखिएको १३ क्विन्टल अदुवा समेत फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजा कहाँबाट ल्याइएको हो, कसलाई पु¥याउने तयारी थियो र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्