बुटवल, १० साउन । लायन्स क्लब अफ तिलोत्तमा र लायन्स क्लब अफ मायादेवीको संयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । हरियाली प्रवद्र्धन र वातावरण संरक्षण गर्ने लायन्सको लक्ष्य अनुसार शनिबार हिलपार्क क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा लायन्स ईन्टरनेश्नल ३२५ पी का डिस्ट्रिक्ट गभर्नर सन्दीप कसौधन, सुरेश रत्न बज्राचार्य, डिस्ट्रिक्ट एक्टिभ टिम सदस्य खेमबहादुर हमाल, हिलपार्कका अध्यक्ष टंक पराजुली, कार्यक्रम संयोजक लायन चिरञ्जीवी श्रेष्ठ र तारा श्रेष्ठ लगायत विभिन्न लायन्स क्लबका पूर्वअध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको क्लबका टेलट्वीस्टर लक्ष्मण श्रेष्ठले बताए ।
हिलपार्कमा र सचिवालयमा समेत गरि करीब फलफुल र सौन्दर्यिकरणका करीब २ सय बिरुवाहरु रोपिएको कार्यक्रम संयोजक चिरञ्जीवी श्रेष्ठले बताए ।
कार्यक्रममा लायन्स ईन्टरनेश्नल ३२५ पी का डिस्ट्रिक्ट गभर्नर सन्दीप कसौधनले लायन्स सधै सामाजिक सेवा, वातावरण संरक्षण र मानवीय सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिए ।
लायन्स क्लब अफ तिलोत्तमाका अध्यक्ष बाबुराम शर्मा र लायन्स क्लब अफ मायादेवीकी अध्यक्ष सृजना श्रेष्ठले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सेवासम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।





















