Spread the love

काठमाण्डौ, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच पाँच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल बिच प्रदेश सरकार गठन, नेतृत्व बाँडफाँट तथा राजनीतिक सहकार्यका विषयमा साझा समझदारी गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा विगतमा प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था तथा अनावश्यक राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्याको समाधान गर्दै जनचाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र द्रुत विकासलाई अघि बढाउने उद्देश्यले सहमति गरिएको उल्लेख छ । सहमतिअनुसार दुवै दलले प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन् ।

प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने सहमति भएको छ ।

यस्तै, मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्