Spread the love

बुटवल, ९ साउन । पछिल्लो समय मानिसहरूमा मानसिक तनाव, चिन्ता (एन्जाइटी) र डिप्रेशनजस्ता मानसिक स्वास्थ्य समस्या बढ्दै गएको अवस्थामा सामूहिक ध्यानमार्फत मानसिक शान्ति र सकारात्मक ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले रुपन्देहीमा आठौँ ओशो मेघा ध्यान शिविर आयोजना हुने भएको छ । ओशो सम्बोधि संघ तिलोत्तमा–२ योगिकुटिको आयोजनामा साउन १६ गते शनिबार आठौ ओशो मेघा ध्यान शिविर हुने भएको हो ।

समाजमा हरेक कुराहरुमा नकारात्मक सोचहरु बढिरहेको बेला अन्तरशान्ति, आनन्दको खोज, प्रेम करुणा, अहिंसाको उदय गर्ने गरि वृहत ध्यान शिविर हुन लागेको शनिबार पत्रकार सम्मेलन गरि स्वामी ध्यान गगनले बताए । सामूहिक ध्यानबाट मनलाई शान्त बनाउनुका साथै तनाव, चिन्ता र नकारात्मक सोच कम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । भिडले दिने एक किसिमको चेतनाले समुहको क्रियाकलाप देखिने उनको दाबी छ । सबै उमेर समुहलाई यो शिविर उपयुक्त भएको उनले बताए । सामुहिक रुपमा गरिने ध्यानबाट सबैजनामा शान्ति प्राप्त हुने अर्थात सामुहिक चेतनाद्धारा काम हुने उनले बताए ।

दरबार लन्चमा हुने कार्यक्रममा रुपन्देहीसहित दाङ बाके, कपिलबस्तु, पाल्पा, नवलपरासीका ६ सय जना सहभागी हुने उनले बताए । शिविरमा बिहान सक्रिय ध्यान, योग र ब्यायामबाट शुरुवात हुने छ । दिनभरि योगका विभिन्न विधिहरु भावातित ध्यान, छोटोछोटो आनापानको विधि, माईण्ड फुलनेसका विधिका विभिन्न प्रयोगहरु हुने उनले बताए ।
‘अहिलेको समयमा यो धेरै महत्वपूर्ण छ ।’– उनले भने । आत्मदाहको देशभर नै घटनाहरु देखिएको भन्दै उनले नकारात्मक सोचहरु, समाजमा निरासा, चिन्ता छाउको अवस्था रहेको उनले बताए ।

साना बालबालिकाहरुमा समेत डिप्रेसन र एन्जाईटीको सिकार भईरहेको अवस्था देखिएको उनले बताए । मनोबैज्ञानिक अध्ययनबाट नेपालमा ३० प्रतिशत युवाहरु आत्महत्याको सोच बनाउने, १८ प्रतिशतले योजना बनाउने र १२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने तथ्याक रहेको भन्दै उनले ध्यानमार्फत युवाहरुलाई सकारात्मक सोचतर्फ आर्कषित गर्ने गरि लग्न जरुरी रहेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्