चितवन,६ साउन ।
आजबाट लागू हुनेगरी अण्डाको मूल्य बढ्को छ । उत्पादनमा कमी आउनुका साथै बजारमा माग बढेकाले मूल्य समायोजन गरिएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ।सङ्घका अनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा रु ४२० वाट ४७० र सानो अण्डा रु ४१५ पुगेको छ ।संघले सबै प्रकारका अन्डाको फार्म मूल्यमा प्रतिक्रेट ५० रुपैयाँसम्म वृद्धि गरेसँगै उपभोक्ताका लागि प्रति गोटा अन्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण उत्पादन घटेर २८ लाख हाराहारीमा छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















