सुर्खेत,६ साउन ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफै अनियन्त्रित भई सडकमै पल्टिएको हो । घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















