बुटवल, ६ साउन ।
मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको स्थापना दिवसमा आयोजित टिकटक प्रतियोगिताको पुरस्कार वितरण गरिएको छ । बुधबार एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष सुनिल शाक्य, समितिका अध्यक्ष माधव नेपाल, उपाध्यक्ष रमेश नेपाल, उपाध्यक्ष माधव प्रसाद श्रेष्ठ, महासचिव युवराज घिमिरे, कोषाध्यक्ष मिलेन्द्र श्रेष्ठ, सचिव तथा कार्यक्रम संयोजक ज्ञान प्रसाद अर्याल, सल्लाहकार खेम लुईटेलले प्रतियोगिताका विजेताहरुलाई नगद तथा सम्मानपत्रबाट पुरस्कृत गरिएको हो ।
प्रतियोगितामा देविनगरका दिनेश गाहा प्रथम, विवेक बोहरा क्षेत्री द्धितिय तथा सृष्टि चौधरी तृतिय हुदै क्रमश नगद ३० हजार, २० हजार तथा १५ हजार रुपैयासहित प्रमाणपत्रबाट पुरस्कृत भए । कार्यक्रममा समितिका अध्यक्ष माधव नेपालले नेपालकै गौरबका रुपमा रहेको उद्यानको प्रचारप्रसार गर्ने उदेश्यका साथ नया ढंगबाट टिकटक प्रतिस्प्रर्धा गरिएको बताए । आफनो कार्यकालमा ऐतिहासिकतालाई कायम राख्दै वातावरणमैत्री पार्क पूर्वाधार विकासको योजना अघि बढाएको भन्दै उनले अध्ययन अवलोकनमुलक विशिष्टिकृत पार्क बन्नेमा आशाबादी रहेको बताए ।
जेठ २० गतेदेखि औपचारिक शुभारम्भ गरिएको प्रतियोगिताका ७५ जनाले अनलाईनमार्फत फर्म भरेका थिए भने ५७ जनाले टिकटकमा प्रतिस्प्रर्धा जनाएको समितिका सचिव तथा कार्यक्रम संयोजक ज्ञान प्रसाद अर्यालले बताए ।
यसैबिच समितिको नियमित बैठक विविध निर्णयहरु पारित गर्दै सम्पन्न भएको छ । समितिबाट भएको अध्ययन भ्रमण समिक्षा, विविध पूर्वाधार विकास योजनाका योजनाहरुमा छलफल गरिएको महासचिव युवराज घिमिरेले बताए ।





















