Spread the love

बुटवल, ४ साउन ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सको ८ औ पद स्थापन तथा १४८ औ नियमित बैठक आईतबार सम्पन्न भएको छ । कार्यक्रममा रोटरी वर्ष २०२५/२६ का अध्यक्ष बिमल ढकालले रोटरी वर्ष २०२६/२७ का अध्यक्ष बालाकृष्ण पोखरेललाई पद हस्तान्तरण गरे ।
एक समारोहका बिच रोटरी डिष्ट्रिक ३२९२ का डिजि ईलेक्ट इश्वरी प्रसाद ढकालले कार्यक्रमको उद्घाटन गर्दै रोटरी अभियानबारे प्रकाश पारे । विश्वब्यापी रुपमा रोटरीको कार्यक्षेत्र, सबै उमेर र वर्गलाई समेट्ने गरि चलाएको अभियानबारे जानकारी गराउदै नया नेतृत्वबाट कल्चर एक्सचेन्ज, भाईचारालाई जोड दिनुपर्ने उनले सुझाव दिए । रोटरी एक्सन ग्रुप लगायत लिडरसिप र सेवाभावलाई आत्मसात गर्न उनले आग्रह गरे ।
कार्यक्रममा रोटरी वर्ष २०२६/२७ का अध्यक्ष बालाकृष्ण पोखरेलले वार्षिक कार्ययोजना पेश गर्दै रोटरी डिष्ट्रिकको लक्ष्य अनुसार वृक्षारोपण, शिक्षा, स्वास्थ्यसहित थप समुदाय केन्द्रिय कार्य गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा रोटरी वर्ष २०२५/२६ का अध्यक्ष बिमल ढकालले आफ्नो कार्यकालमा गरिएको काम र सो कार्यमा सहयोग गर्ने सम्पूर्णलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा क्लबका एसाईन एजी नुमलाल पौडल, जिएसआर एजाज आलम, डिष्ट्रिक कमिटि चेयर राजेन्द्र ढकाल, क्लबका संस्थापक अध्यक्ष यादव भण्डारी, पूर्वअध्यक्ष बालकृष्ण पाण्डेय, डिष्ट्रिक एडभाईसर काउन्सिल चेयर आरसि आचार्य, पिडिडिआर बिक्रम क्षेत्री, रोटयाक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष अनिस ढकालले धेरै मेहनत र निरन्तरताबाट क्लब आफनो पहिचान बनाउन सफल भएको भन्दै थप रचनात्मक कार्यका साथ लाग्न सबैको साथ र सहयोगसहित अघि बढ्नुपर्ने बताए ।
यसैबिच क्लबको पहिचान दिने डाइरेक्टरी समेत सार्वजनिक गरिएको क्लबका सचिव योगेन्द्र कंडेलले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्