Spread the love

बुटवल, १० कार्तिक ।
नेपाल तरुण दलको ७३ औ स्थापना दिवसमा विविध कार्यक्रम गरि मनाईएको छ । नेपाल तरुण दल, रुपन्देही क्षेत्र नं २ को आयोजनामा मंगलबार श्रीसिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रममा खाद्यान्न हस्तान्तरण तथा १५ औ महाधिवेसनमा निर्वाचित पदाधिकारी, सदस्यहरुलाई सम्मान कार्यक्रम गरेको हो ।

एक समारोहका बिच नेपाली काग्रेस पार्टी केन्द्रिय सदस्य बालकुमारी भण्डारी, नेपाली काग्रेस पार्टी जिल्ला सभापति रामकृष्ण खाड, नेपाल तरुण दल रुपन्देही जिल्ला सचिव रमेश शाही, महाधिवेशन प्रतिनिधि चुन्नु प्रसाद पौडेल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नगर सभापति ज्योति भण्डारीले आश्रमका ब्यवस्थापक अमृत रेश्मीलाई सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली काग्रेसलाई बलियो बनाउन तरुणको भुमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपाली काग्रेस पार्टी केन्द्रिय सदस्य बालकुमारी भण्डारीले पार्टीलाई स्थापित गर्न तरुण दलको भुमिकाबारे प्रकाश पार्दै पारिवारीक वातावरणमा नै तरुण गतिविधि आफुले ब्यहोरेको बताईन । सबैको साथ र सहयोगबाट आफु केन्द्रिय सदस्यमा विजयी भएको भन्दै निरन्तर पार्टीलाई संगठित र एकतावद्ध गर्ने काममा लाग्ने प्रतिवद्धता जनाईन ।
नेपाली काग्रेस पार्टी जिल्ला सभापति रामकृष्ण खाडले समाज रुपान्तरण र पार्टी सबल बनाउन तरुणबाट खेलिएको भुमिका स्मरण गरे । पछिल्लोसमय नेपाली काग्रेसको महाधिवेसनसंगै पार्टीको भुमिका बढेर गएको दाबी गर्दै उनले मुलुकमा सुशासन, सम्वृद्धिमा नेतृत्व लाग्ने बताए ।

देशभर नै पर्वका रुपमा स्थापना दिवस मनाईदै आएकोे रुपन्देही क्षेत्र नं २ का सभापति हसन्त लामाले बताए । तरुणहरु केवल पार्टीको झण्डामात्र बोक्ने नभई युवाहरु सामाजिक कार्यमा समेत अग्रसर हुदै आएको छ भन्ने उदाहरण दिने गरि विगतबाट रक्तदान र आश्रममा सहयोग गर्दै आएको उनले बताए । आश्रममा हाल आठ जना वृद्धवृद्धाहरु आश्रित छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्