Spread the love

बुटवल, ४ साउन ।
सामाजिक क्षेत्रमा अग्रसर रोट्याक्ट क्लबमा आवद्ध युवाहरुको आयोजनामा ‘रोटर्याक्टर्स भजन साँझ–२०८३’ सम्पन्न भएको छ । रोटर्याक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको आयोजनामा सोमबार बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिर परिसरमा भजन कार्यक्रम भएको हो ।

श्रावण महिनाको पावन अवसरमा आयोजित कार्यक्रममा रोटर्याक्ट क्लब अफ तिनाउ बुटवल, बुटवल सिनर्जी, बुटवल डाउनटाउन, सेन्ट्रल रुपन्देही, क्षितिज इन्टरनेशनल कलेज, लुम्बिनी स्टार्स तथा देवदह मेडिकल कलेजका रोटर्याक्ट क्लबहरूको सहकार्य रहेको कार्यक्रम संयोजक पशुपति ज्ञवालीले बताए । रोटर्याक्टरहरूबीच आपसी एकता, सहकार्य, मित्रता र सेवाभावलाई थप मजबुत बनाउनुका साथै समाजमा आध्यात्मिक चेतना र सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण योगदान दिने गरि कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा भगवान शिवको भजन–कीर्तन, सामूहिक आराधना तथा आध्यात्मिक गतिविधि सञ्चालन गरिएको थियो । कार्यक्रममा देवस्थल मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा न्यौपाने शर्माले युवा वर्गबाट भएको उत्कृष्ट कार्यको प्रशंसा गरिन । कार्यक्रममा करिब एक सय बढी क्लबका सदस्य तथा भक्तजनको सहभागिता रहेको संयोजक गौरव पाण्डेले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्