काठमाडौं,३ साउन ।
नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै, आइतबार चाँदी ४० रुपैयाँले बढेर चार हजार दुई सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















