काठमाडौँ,३ साउन ।
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा २ जनाको मृत्यु भएको छ भने मधेश, बागमती, लुम्बिनी र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार २४ घण्टाको अबधिमा दुर्घटनामा १२३ जना घाइते भएका छन् । घाईते मध्य सबैभन्दा बढि लुम्बिनीमा ३५ जना रहेका छन् । त्यस्तै काठमाडौँ उपत्यकामा ३४ जना ,मधेश प्रदेशमा २३ जना, कोशीमा २१ जना , सुदूरपश्चिममा २ जना, बागमतीमा ५ जना र कर्णालीमा ३ घाइते भएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















