Spread the love

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले बुटवलस्थित आधुनिक समाज डेन्टलको अवलोकन निरिक्षण गरेका छन । सो क्रममा मन्त्री घिमिरेले प्रदेशभर गुणस्तरीय, सहज र पहुँचयोग्य मुख स्वास्थ्य सेवा विस्तारका विषयमा सरोकारवालासँग वृहत छलफल र योजना बनाएर अघि बढ्ने बताए । मन्त्री घिमिरेले आधुनिक समाज डेन्टलका अध्यक्ष तथा मुख स्वास्थ्य अभियन्ता अमृत भुसालसँग सरकारी–निजी साझेदारीमार्फत मुख स्वास्थ्य सेवा विस्तार, समुदायमा आधारित मुख स्वास्थ्य अभियानलाई प्रभावकारी बनाउने उपाय तथा प्रदेशभर दन्त स्वास्थ्य सेवाको पहुँच बढाउने विषयमा छलफल गरे ।

अध्यक्ष भुसालले आधुनिक समाज डेन्टलले प्रदान गर्दै आएको अत्याधुनिक दन्त उपचार सेवा, विशेषज्ञ चिकित्सकहरूको टोली, आधुनिक उपकरण तथा प्रविधिको प्रयोग, बिरामीमैत्री सेवा प्रणाली तथा नियमित रूपमा सञ्चालन हुँदै आएका मुख स्वास्थ्य सचेतना कार्यक्रमबारे जानकारी गराएका थिए । उनले मुख स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रूपमा स्थापित गर्न विद्यालय, स्थानीय तह र समुदायस्तरसम्म लक्षित कार्यक्रम विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
भ्रमणपछि मन्त्री घिमिरेले आधुनिक समाज डेन्टलले उपचार सेवामात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा मुख स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन खेलेको भूमिकाको प्रशंसा गरे। यस्ता संस्थासँगको सहकार्यले प्रदेशमा जनस्वास्थ्य प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

अध्यक्ष भुसालले आफूले हासिल गरेको ज्ञान, सीप र अनुभव समाजकै हितमा समर्पित गर्ने प्रतिबद्धता जनाउँदै समाजबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए । समाजले सधैं सकारात्मक कामका लागि सम्झिरहने गरी योगदान छोड्ने आफ्नो दृढ संकल्प रहेको उनको भनाइ थियो ।
मुख स्वास्थ्य क्षेत्रमा छुट्टै पहिचान बनाएको आधुनिक समाज डेन्टल बुटवलले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आएको छ। उपचार सेवासँगै विद्यालय, समुदाय तथा विभिन्न सामाजिक अभियानमार्फत मुख स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै संस्थाले लुम्बिनी प्रदेशमा जनस्वास्थ्य प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्