बुटवल,२ साउन ।
बुटवलको राजमार्ग चौराहमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तीव्र गतिमा रहेको लु २ ख ३००२ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिदा भैरहवाका ६० वर्षीय ताराचन सुनारको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका सुनारलाई तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिइ अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
1






















