काठमाडौं,१३ कात्तिक ।
सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सुचना जारी गरी मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम जारी गरेको निर्देशन पटक पटक पालना नगरेको भन्दै ससथालाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।
संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरितका कार्यहरूसमेत गरेको देखिएको मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम “राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको बेहोरा विज्ञप्तिमा उल्लेख छ ।



















