Spread the love

बुटवल, २८ असार ।

सामाजिक क्षेत्रमा अग्रसर बुटवलको पुरानोमध्येको एक श्रम ज्योती क्लब बुटवल–७ ले हरियाली प्रर्वद्धनसहित वृक्षारोपण कार्यक्रम गरेको छ । शनिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शिवनगर सामुदायिक वन क्षेत्रमा औपचारिक रुपमा वृक्षारोपण कार्यक्रमको उद्घाटन गरे ।

क्लबका अध्यक्ष नारायण घिमिरेले नगरलाई हरियाली र सौन्र्दयीकरणको अभियानका रुपमा पुष्प रोपण कार्यक्रम गरिएको बताए । उनले ३० वर्षअघि बुटवल नगर गुलमोहरको वृक्षबाट हरियाली र सौन्दर्यपूर्ण रहेको स्मरण गर्दै यसलाई पुनः कायम गर्ने लक्ष्यसहित काम भएको बताए । पछिल्लोसमय नगरमा भौतिक संरचना विकास हुदा हरियाली घटेको भन्दै उनले क्लबबाट खाली क्षेत्रमा हरियालीलाई जोड दिदै वृक्षारोयण गर्ने बताए । वृक्षारोपणसंगै यसको सुरक्षाका लागि तारजाली र नियमित हेरचाह गरिने उनले बताए । शनिबार शिवनगर सामुदायिक वन क्षेत्रमा ७० वटा गुलमोरका बिरुवा वृक्षारोपण गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्