काठमाडौँ ।
अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ । सुटिङको क्रममा स्वास्थ्य समस्या देखिएको उनलाई परिक्षणको क्रममा गत मंगलबार ब्रेन ट्युमर देखिएको हो ।
माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको बरिष्ठ न्यूरोसर्जन वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको निरौलाका नजिकका सहकर्मी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
कलाकार गिरीका अनुसार उनलाई अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको छ । दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनी एक सातापछि डिस्चार्ज हुनेछिन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















