Spread the love

काठमाडौं । नेपाली फुटबलका विङ्गर एरोन थापा भारतको प्रतिष्ठित दुराण्ड कप–२०२६ मा बोडोल्याण्ड एफसीबाट खेल्ने भएका छन् । एरोनको सहभागितासँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको उपस्थितिले थप चर्चा पाएको छ । बाडोल्याण्ड एफसीसंग उनको सम्झौता भएको हो ।

यस्तै एलोन थापा पनि दुराण्ड कप–२०२६ मा सहभागी हुने अपेक्षा गरिएको छ । उनी इन्डियन आर्मी रेडबाट मैदान उत्रिने सम्भावना रहेको जनाइएको छ । इन्डियन आर्मी रेड दुराण्ड कपमा नियमित रूपमा प्रतिस्पर्धा गर्ने टोलीमध्ये एक हो ।

एकै परिवारका दुई नेपाली खेलाडीले दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगितामा सहभागी हुने अवसर पाउनु नेपाली फुटबलका लागि गौरवको विषय मानिएको छ । उनीहरूको सहभागिताले नेपाली खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा स्थापित गर्दै गएको सन्देश दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्