दाङ ,२८ असार।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आयोजित ‘लुम्बिनी वास्तु सम्मेलन–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री र दीगो संरचना निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्यका छन् ।
उनले वास्तु, ज्योतिष तथा अन्य परम्परागत ज्ञानलाई अन्धविश्वासका रूपमा नभई अनुसन्धान र प्रमाणका आधारमा विकास गर्नुपर्ने बताए । उनले नेपालको मौलिक ज्ञान, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवद्र्धनमा यस्ता सम्मेलनले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
सम्मेलनमा वास्तुशास्त्रका विज्ञ, ज्योतिषविद्, अनुसन्धानकर्ता तथा विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वास्तुशास्त्रको वर्तमान अवस्था, यसको वैज्ञानिक पक्ष तथा व्यवहारिक प्रयोगका विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।




















