बुटवल, २२ असार ।
तिलोत्तमा नगरपालिका वडा नं. १, नमुना टोल स्थित एक घरबाट सोमबार १० वटा गोमन (बेबी कोब्रा) सर्पका बच्चाहरू सुरक्षित उद्धार गरिएको छ । सर्प उद्धारकर्ता विशाल पाण्डेको समुहले सर्पबारेमा फोनमा जानकारी पाएसंगै उद्धार गर्न जादा ठूलो संख्यामा सर्प भेटिएको हो ।
अहिले सर्पहरूको अण्डा कोरल्ने (ह्याचिङ) समय भएको हुदा यस अवधिमा एकै ठाउँमा १० देखि ५०/६० वटासम्म बेबी कोब्रा भेटिन सक्ने सम्भावना रहने उनको दाबी छ । त्यसैले सबै जना सचेत, सजग र सुरक्षित रहन जरुरी रहने उनले बताए । स्मरण रहोस उनले नैै ठीक १ वर्षअघि तिलोत्तमाको एउटा घरबाट २३ वटा गोमन (कोब्रा) सर्पका बच्चाहरू सुरक्षित उद्धार गरेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















